नैरोबी, केन्या – केन्याको उत्तरी क्षेत्रमा रहेको एक आवासीय विद्यालयमा एक समूहको शसस्त्र आक्रमणमा शनिबार पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन्।
तुर्काना क्षेत्रका आयुक्त सेफ माताताले भन्नुभयो, “लकिचोगो भन्ने गाउँमा रहेको उक्त विद्यालयमा भएको आक्रमणमा पाँच विद्यार्थी र एक अन्य व्यक्तिको मृत्यु भएको घटनामा सुडानी एक सशस्त्र समूहको सहभागिता रहेको प्रारम्भिक आएकोे छ।
विहान करिब ३ बजे भएको आक्रमणमा आवासीय भवनमा सुतिरहेका विद्यार्थीमाथि आक्रमण भएको थियो । घटनामा दक्षिण सुडानमा सक्रिय टोपोसा सशस्त्र समूहको सम्लग्नता रहेको आशङ्का गरिएको छ।
उक्त घटनामा अन्य केही विद्यार्थीलाई घाइते अवस्थामा उद्धार गरिएको जनाइएको छ । घाइते विद्यार्थीको सङ्ख्या एकीन भएको छैन । घाइतेहरूको मोई शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेका बताइएकोे छ। रासस/एएफ्पी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।