काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
बिहीबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९०० रुपैयाँ र एक तोलाको चाँदीको मूल्य ५ हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन ३ लाख १५ हजार ४०० रुपैयाँ र एक तोला चाँदीको मूल्य ५ हजार ७२५ रुपैयाँ निर्धारण भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९०० रुपैयाँ र एक तोला चाँदीको मूल्य ५ हजार ५८५ रुपैयाँ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन ३ लाख १३ हजार ५०० रुपैयाँ र एक तोला चाँदी ५ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।