काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रास्वपाको सरकार भ्रष्टाचारको विषयमा सबैभन्दा बढी निर्मम हुने बताएका छन् ।
मधेश यात्राका क्रममा बुधबार महोत्तरीको बर्दिबासमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
‘रास्वपाको सरकारले भ्रष्टाचारको जरा उखेल्छ । र, सबैभन्दा बढी भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्छ,’ उनले भने ।
मुलुकमा बेरोजगारी बढेको, विकास निर्माणमा ढिलासुस्ती भएको जस्ता समस्यामा पनि रास्वपा सरकार गम्भीर भएर काम गर्ने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।