काठमाडौँ– नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै काँग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गरेका छन् ।
बुधबार महोत्तरीको क्षेत्र नं. ४ स्थित सम्सी बजार पुगेका उपसभा पति शर्माले पार्टीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवामा नेतृत्व हस्तान्तरण गरिसकेको उल्लेख गरेका छन् ।
नेपालमा उत्पन्न भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान् दल नेपाली काँग्रेस नै भएको बताउँदै उनले ‘जेन जेड’ पुस्ताको भावना बुझेर उनीहरूसँग समन्वय गर्दै अघि बढ्ने नीति पार्टीले लिएको स्पष्ट पारेका छन्।
उपसभापति शर्माले निर्वाचन यही फागुन २१ गते हुने जानकारी दिँदै महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र राय यादवलाई मतदान गरी विजयी बनाउन मतदातासँग आग्रह पनि गरेका छन् । सो अवसरमा उनले सम्सी गाउँपालिका–६ स्थित सम्सी बजारमा शहीद शिवचन्द्र मिश्रको शालिकमा पुष्पमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।