काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरु भएको छ ।
प्रधानमन्त्री कार्कीले बोलाएको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइए पनि थप केही महत्त्वपूर्ण नियुक्ति हुन सक्ने संकेत गरिएको छ।
आजको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा पूर्णकालीन महानिर्देशक नियुक्त गर्न सक्ने सम्भावना रहेको प्रशासन स्रोतले जनाएको छ।
यद्यपि, उक्त प्रस्ताव अघि बढाइएपछि नै चौतर्फी विरोध सुरु भएकाले निर्णय नहुने सम्भावना पनि उत्तिकै रहेको स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।