काठमाडौं- नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश गरेका छन्। आफूले उठाउँदै आएका विषय रास्वपाका उम्मेदवार आनन्द चन्दसँग मिलेकाले सहमति जनाएको बताए।
उनलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी, जशु भट्ट र उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका हुन्।
प्रवेश कार्यक्रममा बाेल्दै चाैधरीले भने, `मेराे एजेन्डा सुशासन, समावेशीता, विकास रहेकाे थियाे। जुन रास्वपाका उम्मेदवारकाे पनि रहेकाे छ ।
परिवर्तनका लागि हामी एक ठाउँ आउन जरुरी ठानेर आफ्नो उम्मेदवारी स्थगित गरेकाे हुँ।´
उक्त कार्यक्रममा चन्दले चाैधरी जस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेकाे बताए। उनले भने, `उहाँको आगमनले रास्वपा थप बलियो भएकाे महशुस गरेकाे छु।´
उनी गत निर्वाचनमा प्रदेश सभाका लागि उम्मेदवार बनेका थिए। ५००० हजार भन्दा मत प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।