काठमाडौँ– नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
आज सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
सर्वोच्चले बास्तोलालाई पक्राउको कारण पेस गर्न पनि सरकारको नाममा आदेश गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
आसन्न प्रतिनिधिसभा निर्वाचन बहिष्कारको नीति लिएको र प्रचारप्रसार गरेको भन्दै प्रहरीले पक्राउ गरेपछि बास्तोलाको हकमा शावित्री कुमारी वलीले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी हुन् ।
रिटमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख, जिल्ला प्रहरी परिसर काठमाण्डौ , काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु , जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख , जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुखललाई विपक्षी बनाइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।