काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
झापा–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार बनेका बालेनले घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन् ।
उनले आफूले संघीय सांसदका हैसियतले गर्ने कामबारे वाचापत्रमा उल्लेख गरेका छन् । 'मेरो प्रतिबद्धता' भन्दै आफूले गर्ने कामबारे जानकारी गराएका बालेनले शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका र पर्यटन तथा उद्योगमा गर्न चाहेको कामबारे बताएका छन् ।
खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिमा आफूले गर्ने काम बुँदागत रूपमा उल्लेख गरेका छन् ।
हेर्नुहोस् प्रतिबद्धता:
-‘राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र २०८२ : थिति बसाल्ने संकल्प ’कार्यान्वयनको नेतृत्व गर्नेछु।
-नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यावहारिक रूपमा पुर्याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नेछु।
-राष्ट्रहितविपरीत कुनै पनि सम्झौता गर्ने छैन ।
-सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु।
-विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिनेछु ।
- झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्नेछु ।
-राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु ।
-मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रूपान्तरण गर्नेछु ।
-मेरो राजनीति सेवा, इमानदारिता र परिणाममा आधारित हुनेछ।
हेर्नुहोस् वाचापत्रको पूरा पाठ:


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।