काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको दाबी गरेको छन्।
झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेबाहेक अरू कसैले हामीले देशका लागि काम गरेका छौँ भन्न नसक्ने जिकिर गरे। उनले देशमा काम धेरै भइरहेको र अधुरा काम पूरा गर्न बाँकी रहेको बताए। उनले आगामी चुनावमा कसैले बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिए।
उनले भने, ‘मतदान गर्नको लागि कुनै अवरोध हुन हुँदैन। एमाले सधैँ अडिग रहँदै आएको छ। कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरेर हुन्छ। बुथ कब्जा गर्ने छुट दिइने छैन कसैले बुथ कब्जा गर्न सक्नेवाला पनि छैन।’
शान्ति सुरक्षा काम गर्नको लागि नेशनल युथ फोर्सले गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।