काठमाडौँ– नेपाली बजारमा कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामै ३७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।