काठमाडौं– दसैंमा ५ दिनसम्म काठमाडौं उपत्यकाको फोहोर संकलन नहुने भएको छ। सिसडोल ल्यान्डफिल्ड साइट बन्द हुने तथा दसैंका लागि कर्मचारीहरु बिदामा बस्ने भएकोले ५ दिनसम्म काठमाडौंमा फोहोर नउठ्ने भएको हो।
_x000D_
_x000D_
काठमाडौं महानगरपालिकाका अनुसार फूलपाती देखि एकादशीसम्म अर्थात मंगलबार देखि शनिबारसम्म फोहोर संकलन हुने छैन। सो अवधिमा फोहोरलाई घरमै संकलन गरेर राख्न पनि उपत्यकाबासीसँग महानगरपानिलकाले अनुरोध गरेको छ। घरको फोहोर नउठाइने भएपनि सडकको फोहोर भने संकलन गरिने महानगरले स्पष्ट पारेको छ।
_x000D_
_x000D_
उपत्यकामा हाल दैनिक ५ सय टनको हाराहारीमा फोहोर संकलन हुँदै आएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।