काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ ।
बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।
पार्टीभित्रका अनुशासनसम्बन्धी विषयहरूमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
विशेष गरी पछिल्लो समय पार्टीमा देखिएको आन्तरिक विवाद, विद्रोही उम्मेदवारहरूको विषय र विगतमा भएका अनुशासन कारबाहीका फाइलहरूबारे बैठकम छलफल हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।