काठमाडौं– नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली- राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच घोषणापत्र सार्वजनिक गरे ।
एमालेले यसपटक ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर घोषणापत्र सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू पनि सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।