काठमाडौँ– नेकपा एमालेका रसुवा जिल्ला पूर्वअध्यक्ष जनार्दन ढकाल नेपाली काँग्रेस प्रवेश गरेका छन्।
राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच सभापति गगन थापाले ढकालसहित झन्डै १०० नेता कार्यकर्तालाई एकै पटक काँग्रेस प्रवेश गराएका हुन्।
ढकाल संविधानसभाका सदस्य समेत हुन्। आजै एमालेका नेता एवं पूर्वराज्यमन्त्री रामवीर मानन्धरलाई पनि गगनले पार्टीमा भित्र्याएका छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।