काठमाडौं– नेपाली फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।
बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले घोषणापत्रलाई प्रतिज्ञापत्रको नाम दिएको हो ।
प्रतिज्ञापत्रमा कांग्रेसले भिजन १० समावेश गरेको छ । ती भिजन १० का विषय बुधबार जनकपुरको तिरहुतियामा आयोजित मधेस सभामा सार्वजनिक गरिससकिएको छ ।
उक्त प्रतिज्ञा पत्रमा भिजन १०, अबको नेपाल, सुशासित नेपाल, हाम्रो अर्थतन्र उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र, युवा शक्ति, रोजगारी, सीप र श्रमलगायतका आधारभूत क्षेत्रहरू समेटिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।