काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचनपछि आफ्नो सरकार बनेको खण्डमा तत्काल संविधान संसोधनको पहल लिने बताएको छ ।
आज सार्वजनिक गरिएको पार्टीको वाचापत्रमा तीन महिनाभत्रि राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरुबारे ‘बहस पत्र’ तयार गर्ने उल्लेख छ ।
रास्वपाले पार्टीका तर्फबाट संविधान संसोधनमा राखिने आफ्नो न्यूनतम अवधारणा पनि स्पष्ट पारेको छ । जसअनुससार पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद, सांसद मन्त्री नहुने व्यवस्था र गैर दलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरुपको वकालत गर्ने छ ।
रास्वपाले संघीय मन्त्रालयहरुको संख्या १८ मा सीमित गर्दै विज्ञ मन्त्री र विशेषज्ञतामा आधारित कर्मचारी प्रशासनको नयाँ मानक स्थापित गर्ने वाचापत्रमा उल्लेख छ ।
प्रधानमन्त्री कार्यालयलाई केवल प्रशासनिक निकाय मात्र नभइ अन्तर मन्त्रालय समन्वय, जलवायू परिवर्तन र ठूला आयोजनाहरुको अनुगमन गर्ने नतिजा केन्द्रका रुपमा रुपान्तरण गर्ने भनिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।