काठमाडौं– रास्वपाका सभापति रवि लामिछानेले रास्वपासँग भिड्न अरू सबै दललाई मिलेर आउन चुनौती दिएका छन्।
कर्णालीको सुर्खेतमा आयोजित चुनावी बाचापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उनले परिवर्तनको झिल्को अब नरोकिने बताए।
उनले भने, ‘यहाँ कसको सभामा कति मान्छे आए भनेर फोटो भिडाउँदै छन्, आएनन् हाम्रामा मान्छे तपाईंहरुकैमा आइ भइगयो। चुनावमा मतपत्र भिडाउने हो भिड भिडाउन जरुरी छैन।’
उनले आफूहरू निर्वाचनबाट नमाग्ने अडान सुनाए।
‘जतिबेला जनता जाग्यो त्यतिबेला कचकच गर्न पाइँदैन । सबै मिले हुन्छ । रास्वपा एक्लै लड्छ । रास्वपासँग डराउनुपर्ने जो हो डराए हुन्छ जनता डराउनुपर्दैन,’ उनले भने, ‘रास्वपाले युनिभर्सिटीमा दलका ब्यानर निकालेर पढाइढ मात्रै गर्न खोजेको हो ।ठेक्का लिएको बाटो समयमै निर्माण गर्ने वातावरण खोजेको हो ।’
शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने जिम्मा सरकारले लिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।