काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको कांग्रेसले कुनै पनि नियुक्तिमा भाग नलिने प्रतिज्ञा गरेका छन् ।
चुनावी प्रतिज्ञा पत्र सार्वजनिक र त्यसबारे प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कुनै पनि नियुक्तिमा दल होइन, अब्बल भन्ने नारा आत्मसाथ गर्ने बताएका हुन् ।
‘कुनै पनि नियुक्तिमा दल होइन अब्बल ।कांग्रेस संवैधानिक आयोगमा, विश्व विद्यालयमा भाग लिन गयो भन्ने कुरा सुन्नुपर्ने छैन,’ उनले भने, ‘संस्थागत सुधार नगरी केही कुरा सम्भव छैन ।’
उनले विगत लामो समयदेखि सरकारमा रहेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने योजना रहेको पनि सुनाए ।
त्यस्तै चुनावी प्रतिबद्धताको व्यवस्थाबारे जानकारी गराउँदै सभापति गगन थापाले वार्षिक १० लाखसम्मको आर्जनमा एक रुपैयाँ पनि कर नलगाउने घोषणा गरेका छन् ।
थापाले कर प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने पनि बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।