काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको छ ।
चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।