काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन बिहीबार सुर्खेत जादैछन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले आज सुर्खेतमा हुने चुनावी सभाबाट वाचापत्र सार्वजनिक गर्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक माेहनजंग बुढथापाका अनुसार रास्वपाले बिहान ११ बजेदेखि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित घण्टाघर डबलीमा चुनावी सभा आयाेजना गरेकाे छ ।
पार्टीले यसअघि बुधबार धनगढीमा परिवर्तन उद्घोष सभा सम्पन्न गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।