काठमाडौं– नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरमा भर्खरै सभा सुरु भएको छ ।
सभामा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, पूर्व उपसभापति विमलेन्द्र निधिलगायत नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।
२१ फागुनको लागि कांग्रेसको यो पहिलो चुनावी सभा हो । सभामा एक लाख जनता सहभागी हुने मधेश प्रदेशका सभापति तथा मुख्यमन्त्री कृष्णा यादवले दाबी गरेका थिए ।
कांग्रेसले आज यही सभाबाट आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने तय भएको छ । आजमात्रै पार्टी केन्द्रीय कमिटीले प्रतिज्ञापत्र अनुमोदन गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।