काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ‘प्रतिज्ञापत्र’ पारित गरेको छ ।
बुधबार बसेको समितिको भर्चुअल बैठकले प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको हो ।
कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको घोषणापत्रको रूपमा ‘प्रतिज्ञापत्र’ ल्याउन लागेको हो ।
प्रतिज्ञापत्र आजै जनकपुरको तिरहुतियामा आयोजना हुने पहिलो चुनावी सभामा सभापति गगन थापाले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम दिउँसो २ बजे सुरु हुने कांग्रेस मधेस प्रदेश समितिले जानकारी दिएको छ ।
कांग्रेसले यसपटक भिजन १० को अवधारणामा घोषणापत्र ल्याउने यसअघि नै सार्वजनिक गरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।