काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही सञ्चार माध्यमहरुले आफ्नो पार्टीको उम्मेदवारविरुद्ध भ्रामक र गलत सूचना फैलाएर अवमूल्यन गर्ने काम गरिरहेको जनाएको छ।
मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो पार्टीका नेता अग्निप्रसाद सापकोटा सो प्रतिक्रिया दिए। उनले पत्रकारिताको न्यूनतम मूल्य, मान्यता र निर्वाचन आचारसंहिता विपरितका भ्रामक र गलत समाचार सम्प्रेषण गरेको भन्दै कडा आपत्ति समेत जनाए।
उनले त्यस्ता खालको गतिविधि नगर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गरे। उनले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना गर्न लगाउनका लागि अनुगमनमा कडाई गर्न नेपाल प्रेस काउन्सिलको समेत ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।