काठमाडौँ– नेपाली काँग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।
समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको काँग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठक काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।
बैठकमा पार्टीको समसामयिक विषय, विगतमा गरिएको अनुशासनको कारबाहीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।
काँग्रेसमा केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा ३ सदस्यीय अनुशासन समिति बनेको छ। सदस्यहरूमा धना खतिवडा र सुवासकुमार पोखरेल छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।