काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक करार पत्र सार्वजनिक गरेको छ। आज (आइतबार) सामाजिक सञ्जालमार्फत् पत्र सार्वजनिक गरेको हो।
यसअघि सभापति रवि लामिछानेले निर्वाचनका लागि घोषणापत्रअघि नागरिक करार पत्र ल्याउने बताएका थिए। सोहीअनुरूप रास्वपाले नागरिक करार पत्र सार्वजनिक गरेको हो।
कराकारमा ५ वटा प्राथमिकता तोकिएको छ। जसमा पहिलो नम्बरमा सदाचार र असल शासन, दोस्रोमा मध्यम वर्गीय स्तर, तेस्रो काम, काम, काम, चौथो कनेक्टिभिटी र पाँचौँमा प्रवास राखिएको छ।
सो प्राथमिकताअन्तर्गत आजको अवस्था र रास्वपाको लक्ष्य समेटिएको छ। रास्वपाले सरकारी सेवाको सर्वव्यापी डिजिटल डेलिभरीसहित भ्रष्टाचार सूचकांकमा भारी सुधार, दलीयकरणको अन्त्य, २०४६ देखिकै सम्पत्तिक छानबिन गर्न उच्चायोग गठन गर्ने, शिक्षामा आमुल सुधार, एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी, मिटर ब्याज शोषणको अन्त्य, १२ लाख नयाँ रोजगारी सिर्जना, १० वटा राष्ट्रिय महत्वको सिग्नेचर आयोजना बनाइने, विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकार, बंशजको नागरिकताको निरन्तरतालगाय लक्ष्य राखेको छ।
करार पत्रमा एकल बहुमत दिलाएको अवस्थामा पनि करार बमोजिम काम गर्न नसके आफ्नो ‘राजनीतिक नैतिकता र पद’ अर्कोपटकको निर्वाचनमा सजाय दिएर असुल उपर गर्न पनि भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।