काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राष्ट्रवादी) का सह–अध्यक्ष केशरबहादुर विष्टसहित ८५ जना केन्द्रीय सदस्य पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) मा प्रवेश गरेका छन्।
विष्ट पार्टी अध्यक्ष प्रकाशचन्द्र लोहनीलाई छोडेर शनिबार दिउँसो प्रजातान्त्रिकमा प्रवेश गरेका हुन्। अध्यक्ष लोहनी र राप्रपा प्रजातान्त्रिकबीच बिहान भएको वार्ता असफल भएको थियो।
लोहनीले अध्यक्षसहित ४ मनोनित सांसदको पद माग गरेपछि राणा पक्षसँग कुनै सम्झौता हुन सकेन। तर, दिउँसो ४ बजेपछि चावहिलस्थित राप्रपा प्रजातान्त्रिकको पार्टी कार्यालयमा राप्रपा राष्ट्रवादीका १ सय १५ केन्द्रीय सदस्यमध्ये ८५ जनासहितको समूह प्रवेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।