काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा तीन लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।