काठमाडौँ– स्थानीय बजारमा सुनको भाउ प्रतितोला एक हजार १०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन लाख ६ हजार ६०० मा कारोबार भइरहेको छ। मंगललबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै एक तोला चाँदीको भाउ पाँच हजार २९० कायम भएको छ। मंगलबार पाँच हजार २४० रुपैयाँ कायम भएको थियो। चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्व बजारमा आज एक औँस सुन पाँच हजार ६० र चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।