काठमाडौं– स्थानीय बजारमा आइतबार फेरि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एकैदिन तोलामा ९ हजार ५०० रूपैयाँले बढ्दै ३ लाख ५०० रूपैयाँ पुगेको हो ।
अघिल्लो हप्ताको शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३०० रूपैयाँले बढ्दै ५ हजार १० रूपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला ४ हजार ७१० रूपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।