काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले संवैधानिक व्यवस्था अनुसार नै मन्त्रिपरिषद विस्तार गरेको बताएका छन्। प्रमुख प्रतिपक्षी एमालेले सरकार विस्तारबारे संसदमा आपत्ति जनाएपछि त्यसको जवाफ दिँदै प्रधामन्त्रीले आफूले संविधान अनुसार मन्त्रिपरिषद् विस्तार गरेको दाबी गरेका हुन्।
एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्दै उनले भने, 'संक्रमणकालीन व्यवस्थामा सरकाले आवश्यकता अनुसार मन्त्री बनाउन पाउँछ, संविधान अनुसार मैले मन्त्रिपरिषद विस्तार गर्न नपाउने?' मन्त्रीको संख्या एक-दुई दिनमा घट्ने उनले बताए।
प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागीहरुलाई हटाउने तयारी गरेका छन्। एमालेको आग्रहका बाबजुद पनि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको सपथ नरोकेको भन्दै संवैधानिक भूमिका निर्वाह गरेकोमा राष्ट्रपतिप्रति कृतज्ञ रहेको बताए। 'राष्ट्रपतिले संवैधानिक भूमिकाको कुशल निर्वाह गरिन्, राजाको जस्तो उचालिने काम गरिनन्,' देउवाले संसदमा भने।
सरकारले संविधान विपरीतका कुनै काम नगर्ने भन्दै उनले समयमै निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेकाले आशंका नगर्न सबैलाई अपिल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।