काठमाडौं– म्यानमारले अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा काममा लगाइएका १८ जना नेपालीलाई एक वर्ष कैद सजाय दिएको छ । उनीहरू म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र केके पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका स्क्यामिङ केन्द्रमा काम गर्थे ।
म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेका अनुसार थाइल्यान्ड सीमानजिक रहेको म्यानमारको फाइनमा १८ जनालाई जेलमा राखिएको हो ।
१८ जना नेपालीसहित ४ सय ९५ जना विदेशी नागरिकलाई एक वर्ष जेलमा कैद गर्ने सजाय दिइएको दूतावासले जानकारी दिएको छ । म्यानमारको अनलाइन स्क्यामिङ केन्द्रमा बन्धक बनाई काममा लगाइएका विदेशी नागरीकलाई उद्धार गरी पठाइरहेको थियो । तर, १८ जनालाई एक वर्ष जेल सजाय तोकिएको पहिलो पटक हो ।
म्यानमारको अनलाइन स्क्यामिङ केन्द्रबाट थाइल्यान्ड र म्यानमार संयुक्त प्रयासबाट उद्धार भइरहेको थियो । त्यसमा म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासबाट सहजीकरण भइरहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।