काठमाडौँ– प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् ।
बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो ।
आजकै दिनदेखि लागु हुने गरी शर्मालाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । यसअघि माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेको थियो ।
नवनियुक्त सीईओ शर्मा यसअघि सनराइज बैंकमा सीईओ रहेका थिए । यस्तै उनले ग्लोबल आइएमई बैंकमा डिसिईओ र माछापुच्छ्रे बैंकमा सीईओ भएर काम गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।