बेत्रावती– नुवाकोट प्रहरीले दसैंको समयमा ट्राफिक नियम उल्लघ्रन गरेका सवारी साधनलाई कारबाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ।
_x000D_
_x000D_
विभिन्न ठाउँमा जाँचस्थल कायम गरी जिल्ला प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी प्रमुख शम्भुबहादुर अधिकारीसहितको टोली सवारी जाँचमा खटिएको छ।
_x000D_
_x000D_
चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना भएको भन्दै नियन्त्रणका लागि सवारी जाँच तथा कारवाहीको लागि मुख्य–मुख्य सडक खण्डमा ट्राफिक जाँचस्थल राखिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
विदुर नगरपालिका वडा नं १० स्थित ढुङ्गे–बेत्रावती सडक खण्डमा बसेका प्रहरी प्रमुख कुँवरका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने सवारी दैनिक ५० भन्दा बढी रहेका छन्।
_x000D_
_x000D_
ती सवारीलाई कारबाही गरी पछिल्लो समयमा दैनिक एकै स्थानबाट ५० हजारको हाराहारीमा राजस्वसमेत संकलन भएको छ।
_x000D_
_x000D_
दसैं सुरु भएपछि दैनिक तीन सयभन्दा बढी सवारी कारबाहीको दायरामा आइसकेका छन्। ती सवारीबाट १ लाख ५० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए।
_x000D_
_x000D_
नुवाकोट प्रहरीले जिल्लाको फूलबारी, छहरे, ठूलोखोला, बागेश्वरी, बाउनबेँसी, सिक्रे, ढिकुरे, कोलनी, इन्द्रचोक, पिपलटार, रानीपौवा, कोल्पुटार, ढुंगे, ओखरपौवा, गुज्रेलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउन सचेतना कक्षा चलाउँदै आएको छ।
_x000D_
_x000D_
जाँचस्थलमा बसेका प्रहरीले सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र नचढ्न आग्रह गरेका छन्। छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायलाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ।
_x000D_
_x000D_
विशेष अभियानका रूपमा यो कार्य दसैं अवधिभर कायम रहने प्रहरीले जनाएको छ। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।