काठमाडाैं–नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेस नेता चक्रप्रसाद बाँस्ताेलाकाे निधनप्रति समवेदना प्रकट गरेका छन्।
_x000D_
_x000D_
सभापति देउवाले एक ट्विटमार्फत बाँस्ताेलाकाे निधनले अाफू निकै दु:खी भएकाे बताए। 'मेरा मित्र एवं कांग्रेस नेता चक्र बास्ताेलाजीकाे निधनले निकै दुखि भएकाे छु। उहाँकाे अात्माकाे चिर शान्तिकाे कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु,' देउवाले ट्विट गरेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
बाँस्ताेलाकाे शनिबार रातको ९.२० बजे निधन भएको थियाे। उनी ६ वर्षयता बिरामी भएर घरमै उपचाररत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।