काठमाडौं– आज मंगलबार पनि सुनको भाउ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आइतबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६५ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ । आज कायम सुनको मूल्य हालसम्म कै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ५ हजार ८ सय ९० रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि हालसम्मकै उच्च हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।