दाङ– थारु पत्रकार संघ नेपालले जना थारु पत्रकार सम्मान गरेकाे छ। यसवर्षकाे जोखन-जगत रतगैया पुरस्कार थारु पत्रकार संघ दाङका कार्यबाहक अध्यक्ष अन्जना चौधरीलाई प्रदान गरिएको छ। यस्तै यसवर्षदेखि ओएसिस पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कृष्णराज सर्वहारीलाई प्रदान गरिएको छ।
_x000D_
_x000D_
त्यसैगरी सतौन ट्रष्ट पत्रकारिता पुरस्कारबाट थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोलाई प्रदान गरिएको छ भने सुष्मा चौधरी महिला पत्रकारिता पुरस्कारबाट जनता टेलिभिजनमा कार्यरत समाचार वाचिका प्रतिमा चौधरीलाई प्रदान गरिएको छ।
_x000D_
_x000D_
यस वर्षको उत्कृष्ट जिल्ला शाखा पुरस्कार भने थारु पत्रकार संघ रुपन्देही शाखालाई प्रदान गरिएको छ।
_x000D_
_x000D_
देशभरका १७ वटा शाखाहरु उपस्थित थारु पत्रकार संघको भेलाले दाङ घोषणा पत्र जारी गरिने केन्द्रीय अध्यक्ष मदन चौधरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।