काठमाडौँ– नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो ।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९०० रुपैयाँले कम हो । बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, १० ग्राम सुनको मूल्य बिहीबार २ लाख ५० हजार ५१५ रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँ थियो ।
१० ग्राम चाँदीको मूल्य बिहीबार ५ हजार ३३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १० ग्राम चाँदी ५ हजार ७६ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।