काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको जीवनस्तर उठाउने काममा सरकार लागि परेको दाबी गरेका छन्।
_x000D_
_x000D_
मन्त्री विष्टले स्वाधीन, स्वतन्त्र र समृद्ध नागरिक बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताए। शनिबार दसैंको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले युवा परिचालन गरेर देशलाई समृद्ध बनाउने योजना पनि अघि सारे।
_x000D_
_x000D_
उनले मूलुकको समृद्धिका लागि हरेकले योगदान दिनुपर्ने आवश्यकता पनि औंल्याए।
_x000D_
_x000D_
मन्त्री विष्टले गरिबी, अभाव र बेरोजगारी समस्या समाधान नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।