राजविराज– एकै रात ७१ वर्षीया वृद्धा र १४ वर्षीया बालिका बलात्कार भएको घटना सेलाउन नपाउँदै सप्तरीमा फेरी एक बालिका बलात्कृत भएकी छिन्।
_x000D_
_x000D_
डाक्नेश्वरी नगरपालिका–२, पातोकी १४ वर्षीया बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएकी हुन्।
_x000D_
_x000D_
घरमा एक्लै भएका बेला ‘काम छ’ भन्दै छिमेकी १७ वर्षीय युवकले आफ्नो घरमा लगेर बालिकालाई बलात्कार गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए। पिडकलाई प्रहरीले शुक्रबार बिहानै पक्राउ गरेको छ।
_x000D_
_x000D_
‘सूचना आउनासाथ हामी घट्नास्थलमा पुग्यौं’, उनले भने, ‘पीडितको प्रारम्भिक बयानपछि आरोपीलाई पक्राउ गरेर ल्याएका छौं ।’ घटनाको थप अनुसन्धान पनि भइरहेको रिमालले बताए।
_x000D_
_x000D_
बालिकालाई स्वास्थ्य परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
यसअघि गत असोज २१ गते सोही नगरपालिकाको वडा नम्बर ५ मा १८ वर्षीय युवकले छिमेकी १४ वर्षीया बालिकाको बलात्कार गरेका थिए भने अर्काे घटनामा खडक नगरपालिका ८ मा ७१ वर्षीया वृद्धा स्थानीय ४० वर्षीय एक व्यक्तिबाट बलात्कृत भएकी थिइन्।
_x000D_
_x000D_
सप्तरीमा पछिल्लो समय बलात्कारका घटना बढ्दै गएका छन्। चालू आर्थिक वर्षको तीन महिनामा बलात्कारका ११ र बलात्कार प्रयासका ५ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ। अधिकांश घटनामा छिमेकी र आफन्तकै संलग्नता पाइएको एसपी राजेन्द्र विष्ट बताउँछन्।
_x000D_
_x000D_
प्रहरीले यस्ता घटनामा कडाइका साथ कानुनी कारबाही गर्न थालेपछि न्याय माग्न आउने पीडितहरुको संख्या बढ्दै गएको उनले दाबी गरे। ‘विगतमा कतिपय घटना मिलापत्रमा टुंग्याउने गरिन्थ्यो’, उनले भने, ‘अहिले पीडित प्रहरीमा आउने क्रम बढेको छ। त्यसैले घटनाको संख्या पनि बढी देखिएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।