काठमाडौं– अर्कैको नाममा रहेको जग्गा नक्कली वारेसनामा गराएर आफ्नो नाममा नामसारी गर्न लागेको अवस्थामा २ जनालाई नियन्त्रणमा लिइएको छ। कीर्तिपुर नगरपालिका–४ को वडा कार्यालायमा शुक्रबार नक्कली मोही बनी जग्गा नामसारी गर्ने तयारीमा रहेका २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
कीर्तिपुर–४, सल्यानथानमा शेरबहादुर महर्जनको नाममा रहेको ३ रोपनी जग्गालाई नक्कली व्यक्ति खडा गरी आफ्नो नाममा नामसरी गर्दै गरेको अवस्थामा कीर्तिपुर–१०, ट्यांग्ला बस्ने वर्ष ६३ का पुण्यप्रसाद खनाललाई पकाउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरिक्षक होविन्द्र बोगटीले बताए। सोही घटनामा संलग्न कीर्तिपुर–४, सल्यानथानका ६५ वर्षीय कृष्णहरि दाहाललाई समेत नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए।
_x000D_
_x000D_
महानगरीय प्रहरी वृत्त कीर्तिपुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कीर्तिपुर–४ को वडा कार्यालयबाटै पक्राउ गरेको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।