जनकपुर– धनुषामा पेस्तोलसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जुवाको खालबाट प्रहरीले ३ जनासहित एक पेस्तोल, त्यसमा प्रयोग हुने एक राउन्ड गोली र २ थान मोबाइलसमेत बरामद गरेको छ।
_x000D_
_x000D_
जनकपुर उपमहानगरपालिका–१९ मा जुवा खेलिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले जुवाको खालबाट सोही स्थानका ऋषिकेशप्रसाद साह, औरही गाउँपालिका–६ का रामचन्द्र दास र आशिक मण्डललाई नियन्त्रणमा लिएको छ।
_x000D_
_x000D_
घटनाबारे थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।