चितवन– नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नै कार्यालय भवन निर्माण गरेको छ। ५५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका छन्।
_x000D_
_x000D_
भवन भूकम्पप्रतिरोधात्मक डिजाइनमा तयार गरिएको प्रेस युनियन जिल्ला शाखा चितवनका अध्यक्ष नारायण अधिकारीले बताए। भरतपुर–११, बसेनीमा निर्माण भएको भवनमा २ सय ५० जना अट्ने सभाहल र एउटा कार्यालय कार्यकक्ष बनाइएको छ।
_x000D_
_x000D_
भवनलाई विशुद्ध रुपमा पत्रकार र सञ्चार क्षेत्रसँग जोडिएर गरिने विभिन्न कार्यक्रम तथा गतिविधिका लागि उपयोग गरिने अध्यक्ष बधिकारीले बताए।
_x000D_
_x000D_
भवन निर्माणमा विभिन्न सांसद, जग्गा व्यवसायी एवम् उद्योगी, व्यवसायीलगायतले सहयोग गरेका छन्। समाजसेवी एवम् पूर्वसांसद मैयाँदेवी श्रेष्ठले उपलब्ध गराएको १३ धुर जग्गामा भवन निर्माण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।