काठमाडौं- संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक अहिले जारी छ।
बैठकमा सबै दलका प्रतिनिधिले दलीय आधारमा सम्बोधन गर्दै संविधान जारी भई कार्यान्वयनमा गएको स्थितिमा तोकिएको मितिमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरी बाँकी कार्यभार पूरा गर्न जोड दिएका छन्।
अधिकांश साना दलका नेताको बोल्ने क्रम सकिएपछि प्रमुख दलका शीर्ष नेताले सम्बोधन शुरु भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारीको मनोनयनको अघिल्लो दिन आज वर्तमान संसद्को अवधि आजै मध्यरातिदेखि सकिनेछ । विसं २०७० मंसिर ४ मा भएको ६०१ सदस्यीय दोस्रो संविधानसभाले २०७२ असोज ३ मा संविधान जारी गरेपछि व्यवस्थापिका संसद्मा रुपान्तरण भएको हो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।