काठमाडौं– नेपाली बजारमा आज बिहीबार सुनको भाउ बढेको छ ।
आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ तोकेको छ ।
हिजो बुधबार सुन २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार सुन २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसअघि सोमबार सुन २ लाख ६० हजार ७०० र आइतबार २ लाख ५८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८० रुपैयाँ तोकिएको छ । हिजो चाँदी ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार ३ हजार ८ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।
त्यसअघि सोमबार ३ हजार ८ सय ७० र आइतबार ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।