काठमाडौं–सिन्धुलीको रिट्ठे भीरबाट बस सुनकाेसी नदीमा खसेकाे छ। सिन्धुलीको मरिणबाट यात्रु बोकर काठमाडौं आउँदै गरेको ना ६ख ९१२ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।
_x000D_
_x000D_
गाडी भिरबाट खसेर टुक्रा टुक्रा भएको छ। अहिले उद्दारको कार्य भइरहेको प्रहरी निरीक्षक झाले बताए। गाडीमा १२/१३ जना यात्रु भएको प्रहरीले अनुमान गरेको छ।
_x000D_
_x000D_
एक जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। थप विवरण भने आउन बाँकी छ।
_x000D_
_x000D_
त्यस्तै नुवाकोटको फेदीखोलामा पनि बस दुर्घटना भएको छ।
_x000D_
_x000D_
मसेरीबाट सदरमुकामविदुरका लागि छुटेको बा१ ख ६३५६ नम्बरको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
उद्दारको कार्य भइरहेकाले विवरण आउनबाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।