काठमाडौँ- सोमबार सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो।
अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्यले पनि उचाइ लिएको छ।
आइतबार तोलामा ३ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।