काठमाडौं – आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ।
आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको छ।
आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतिताेला दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।यसअघि गत शुक्रबार सुन प्रतिताेला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएकाे थियाे।
यस्तै, चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा घटेको छ। आज ८० रुपैयाँले घटेर प्रतितोला चाँदी ३ हजार ८२५ रुपैयाँ पुगेको छ। गत शुक्रबार सोही परिमाणको चाँदी ३ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।