विराटनगर- के तपार्इं मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गर्नुहुन्छ? त्यसो हो भने अब मोरङ प्रहरीले लिने ट्राफिक परीक्षा दिन तयार हुनुहोस्।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो। मापसे गरी सवारीसाधन सञ्चालन गर्दा प्रहरीले सवारी चालक अनुमतिपत्र लिन्छ र चिट (पूर्जी) दिन्छ। त्यही चिटकोे नम्बरको आधारमा ट्राफिकसम्बन्धी परीक्षा दिनुपर्ने हुन्छ।
_x000D_
_x000D_
विभिन्न मूल र शाखा सडक लगायत अन्य स्थानमा गत मङ्गलबारसम्ममा आकस्मिक चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ चालकलाई २४ घन्टे पूर्जी थमाउँदै लिखित परीक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको थियो। मापसेमा पक्राउ परेका मध्ये ३० जना परीक्षामा सहभागी भई १५ जनाले ८० प्रतिशत बढी अंक ल्याएर उत्तीर्ण गरेको प्रहरीले जनाएको छ। अनुत्तीर्ण चालकलाई पुनः परीक्षा लिई उत्तीर्ण भएमा मात्र सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा जानुपर्ने व्यवस्था गरिएको छ।
_x000D_
_x000D_
मोरङ प्रहरीले हालै प्रयोगमा ल्याएको एपमा घर वा जिल्ला प्रहरी कार्यालयमा गई चिटमा लेखिएको नम्बर एपमा राखी परीक्षा दिनुपर्नेछ, जसमा उत्कृष्ट (८० प्रतिशत) अंक ल्याएमा मात्र उत्तीर्ण गराइन्छ।
_x000D_
_x000D_
परीक्षा दिई उत्तीर्ण नहुञ्जेलसम्म सवारी चालक अनुमति प्राप्त गर्न नसकिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं उपरीक्षक मनोजकुमार केसीले बताए।
_x000D_
_x000D_
सवारी चालकको आफ्नो घर, कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा मोबाइल, ल्यापटप वा डेक्सटपबाट एप डाउनलोड, चिटको नम्बर दाखिला गरी ट्राफिक परीक्षा दिनुपर्छ।
_x000D_
_x000D_
ट्राफिक परीक्षासम्बन्धी जाँचपरीक्षा सम्बन्धित व्यक्तिले दिएको हो वा अन्यले भन्ने परीक्षा दिएको बेला जिप्रकामा रहेको कम्प्युटर सफ्टवेयरले भिडियो रेकर्डिङबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ।
_x000D_
_x000D_
मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या वृद्धि थालेपछि चालकलाई सचेतनामूलक कारवाहीस्वरुप परीक्षा प्रणाली सुरु गरिएको प्रहरी उपरीक्षक केसीको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।