धरान– प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ कार्यक्रमअन्तर्गत १४ जिल्लाका ७० गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ।
_x000D_
_x000D_
विपद्, स्वास्थ, सुरक्षा सेवालाई एकसाथ प्रत्येक स्थानीय तहमा सञ्चालन गर्ने उद्देश्यले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ती गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागिएको हो।
_x000D_
_x000D_
मन्त्रालयका अनुसार सडक पहुँच भएका गाउँपालिकालाई प्रदेश सरकारको लोगो अकिंत एउटै रंगका एम्बुलेन्स वितरण गर्न लागिएको हो।
_x000D_
_x000D_
‘पाँच वर्षभित्र सबै गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउँछौँ,’ आन्तरिक मामिला तथा कानुनमन्त्रीको सचिवालयका रवि खनालले भने, ‘एम्बुलेन्स खरिद प्रक्रिया सुरु भइसकेको छ। आगामी पुसभित्र एम्बुलेन्सको साँचो हस्तान्तरण गछौँ।’ एम्बुलेन्सका लागि प्रदेश सरकारले १२ करोड विनियोजन गरेको छ।
_x000D_
_x000D_
एम्बुलेन्स वितरणसँगै सुरक्षाका पूर्वाधार तयार गर्न बारुणयन्त्र, प्राथामिक उपचारका सामाग्रीलगायत प्राकृतिक विपद् पर्दा आवश्यक सामाग्री वितरण गरिने आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए।
_x000D_
_x000D_
पहिलो चरणमा झापाको कमल गाउँपालिका, उदयपुरको विकट गाउँपालिका र भोजपुरको आमचोक गाउँपालिकालाई छनोट गर्ने तयारी भइरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।