इटहरी– सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गत नहर किनारको जिर्ण सडकको स्तरोन्नति थालिएको छ। दैनिक सयौं यात्रु आवतजावत गर्ने सडक स्तरोन्नतिमा सिँचाइ आयोजनाले चासो नदेखाएपछि इटहरी उपमहानगरपालिकाले सडकको स्तरोन्नति कार्य सुरु गरेको हो।
_x000D_
_x000D_
आयोजनाको नहर किनार हुँदै खोलिएको करिब १० किलोमिटर सडकमा ‘मिक्स’ गिटी तथा ग्राभेल हालेर स्तरोन्नति कार्य सुरु गरिएको हो। सो कार्यका लागि २३ वटा टिप्पर, ट्याक्टर तथा एक्साभेटर प्रयोग गरिएको इटहरी उमहानगरका मेयर द्वारिकलाल चौधरीले बताए। उनले भने, ‘बाटो मर्मत कार्य तीब्र गतिमा अघि बढाइएको छ। दसैंअघिसम्म सक्नेगरी काम भइरहेको छ।’
_x000D_
_x000D_
इटहरी उपमहानगरको ११ नम्वर वडाको बुढीखोला पूलदेखि रामधुनी नगरपालिकाको सिमानासम्मको सडक मर्मत कार्य भइरहेको हो। सडकमा अत्याधिक खाल्डा–खुल्डीका कारण यात्रा गर्न मुस्किल भएको तथा दुर्घटनाको समेत जोखिम बढेपछि उपमहानगरले सडक स्तारेन्नति गर्ने कार्यलाई अघि बढाएको मेयर चौधरीले बताए।
_x000D_
_x000D_
सोका लागि स्थानीय इटाभट्टा उद्योगहरुले समेत सहयोग गरेका छन्। सडक स्तरोन्नतिपछि सो क्षेत्रका सर्वसाधारण, कृषक, मजदुर, विद्यार्थी, उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास उपमहानगरले विश्वास लिएको छ।
_x000D_
_x000D_
मेयर चौधरीले सडक मर्मतपछि कालोपत्रे गर्नसमेत पहल गर्ने बताए। भने, ‘सडक स्थानीयको दैनिक जीवनयापनसँग जोडिएको विषय हो। त्यसकारण पनि सो सडक खण्डमा पर्ने अन्य स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी कालोपत्रे गर्ने कार्यमा पहल गर्नेछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।